राखेप सदस्य सचिव सिलवाल बर्खास्त



न्युज अफ नेपाल, काठमाडौं ।

सरकारले राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब रमेश सिलवाललाई बर्खास्त गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सिलवाललाई बर्खास्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

सिलवाललाई सरकारले यसअघि स्पष्टीकरण सोधेको थियो । सिलवाल ओली सरकारका पालामा दोस्रो कार्यकालका लागि सदस्य सचिव नियुक्त भएका थिए ।

सरकारले राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्षलाई पनि हटाउने तयारी गरेको छ । उपाध्यक्ष माधव ढुंगेललाई पनि स्पष्टीकरण सोधिएको छ । ढुंगेल पनि ओली सरकारकै पालामा नियुक्त भएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्