२४ घण्टामा ५९१ कोरोना संक्रमित थपिए, ९ जनाको मृत्यु



 

न्युज अफ नेपाल, काठमाडौ‌ । नेपालमा पछिल्लो २४ घण्टामा ५९१ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार ६५४ जनाको पीसीआर परीक्षणमा ५२३ र २ हजार ४३ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६८ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट ९३७ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्