नेपालमा भैरहेको कोरना खोपको ट्रायल सफलतातर्फ



नेपाल समाचारपत्र, काठमाडौं ।

नेपालमा भैरहेको कोरना खोपको क्लिनिकल ट्रायल सफलतातर्फ उन्मुख भएको छ । पछिल्लो समय सरकारले तीन अस्पतला विपि कोइराला स्वास्थ्य स्वास्थ विज्ञान प्रतिष्ठानमा धरान, धुलिखेल अस्पताल र नेपालगञ्ज मेडिकल कलेजमा कोरना खोपको क्लिनिकल ट्रायले लागि अनुमति दिएको थियो ।

कोरना महामारिले विश्व नै प्रभावित बनिरहेको बेला यसको खोप उत्पादनमा नेपालले पनि क्लनिकल ट्रायलमा भाग लिन थालेको हो । सरकारले विपि कोइराला स्वास्थ्य स्वास्थ विज्ञान प्रतिष्ठानमा धरानमा चाइनिज भ्याक्सिन ट्रायल गर्न अनुमति दिएको थियो भने धुलिखेल र नेपालगन्जमा अमेरिकी कम्पनी सानोफी पाश्चरको प्रायोजनमा अन्तर्राष्ट्रिय भ्याक्सिन इन्ष्टिच्युट (आईभिआई) को मातहतमा कोरना भ्याक्सिनको क्लिनकल ट्रायल गर्न अनुमति दिएको थियो ।

अमेरिकी कम्पनी सानोफी पाश्चरको प्रायोजनमा अन्तर्राष्ट्रिय भ्याक्सिन इन्ष्टिच्युट (आईभिआई) को मातहतमा नेपालमा कोरना भ्याक्सिनको क्लिनकल ट्रायल गरिरहनु भएका मुख्य अनुसन्धानकर्ता डा. राजिव श्रेष्ठ भन्नुहुन्छ–धुलिखेल अस्पतालमा अहिलेसम्म करिब तीन सय जनामा परिक्षण गर्दा नतिजा सकारात्मक आएको छ । उहाका अनुसार नेपालगञ्जमा पनि करिब दुईसय जनामा परिक्षण भैरहेको छ । डा. श्रेष्ठका अनुसार यो खोपकोे क्लिनिकल ट्रायलमा आएको नतिजा अनुसार अब एक महिना भित्रमा खोपको विकास हुनेछ ।

धुलिखेल र नेपालगञ्जमा भैरहेको क्लिनिकल ट्रायलका क्रममा नयाँ कुरा पनि पत्ता लागेको छ । प्रमुख अनुसन्धानकर्ता डा. श्रेष्ठका अनुसार ट्रायलमा आउनेहरुको एण्टीवडी परिक्षण गर्दा २५ देखि ३० प्रतिशत पहिलेनै कोरना संग पुर्वसम्पर्कमा आईसकेको देखिएको छ । यसको साधारण अर्थ नेपालमा २५ देखि ३० प्रतिशतलाई कोरना लागेर निको भैसकेको बुझिन्छ । क्लिनिकल ट्रायलको लागि भने खोप पनि नलगाएको कोरना पनि नलागेको तथा एन्टीबडी पनि नदेखिएको चाहिन्छ । सानोफी र जिएसके कम्पनीले विकास गर्न खोजेको यो भ्याक्सिन करिब चार हजार जनामा परिक्षण गर्ने तयारी थियो ।

अहिले नेपालमा गर्न खोजिएको यो ट्रायल अमेरीका, जापान, श्रीलंका र भारत लगाएतका देशहरुको २१ साईडमा ट्रायल भैरहेको नेपालका प्रमुख अनुसन्धानकर्ता डा. श्रेष्ठले जानकारी दिनु भएको छ । यो ट्रायल सफल भए नेपाललाई ५ लाख डोज खोप निशुल्क उपलब्ध गराउने भनिएको छ । प्रमुख अनुसन्धानकर्ता डा. श्रेष्ठले जानकारी दिए अनुसार यो ट्रायल पश्चात नेपाललाई माेिलकुलर ल्याव बनाउन र त्यो ल्याव चलाउन दक्ष जनशक्ति तयार पार्ने कुरामा पनि कोरना खोप ट्रायलका मुख्य प्रायोजक सानोफि र जिएसके कम्पनीले सहयोग गर्ने भनेका छन् ।

यसअघि वीपी कोइराला स्वास्थ्य विज्ञान धरानमा ट्रायल गर्न अनुमति पाएको चाइनिज भ्याक्सिनको सफल परिक्षण भएमा नेपाललाई ५ लाख डोज खोप निशुल्क उपलब्ध गराउनुका साथै देउराली फर्मास्यिुटिकल्स प्रा.लि संगको सहकार्यमा नेपालमै भ्याक्सिन उत्पादन गर्ने सहमति भएको थियो ।सानोफि पाश्चरले नेपालमा परिक्षण गर्न लागेको कोरना भ्याक्सिनको सफल नतिजा आएमा कोभ्याक्स सुविधा अन्तर्गत निशुल्क र सस्तो मुल्यमा अरु खोपहरुको उपलब्धता बढाउनपनि मद्धत पुग्ने बताइएको छ ।

धुलिखेल अस्पतालमा ट्रायल गर्न लागिएको कोरना भ्याक्सिनको धुलिखेल साईडका प्रमुख अनुसन्धानकर्ता डा. दिपेस ताम्राकार हुन भने नेपालगञ्ज मेडिकल कलेज तर्फका मुख्य अनुसन्धानकर्ता डा. पिउस कनौरिया हुन ।कोरनाको नया नया भेरियन्ट आइरहेको सन्दर्भमा धुलिखेलमा पनि अनुसन्धान भैरहेको छ । सबै लक्षण कोरना संग मिल्ने तर पिसिआर टेष्ट गर्दा नेगेटिभ आउने देखिएको भन्दै यसबारेमा अनुसन्धान भैरहेको भन्दै धुलिखेल अस्पतालले यस बारेमा करिब दुई हप्ता पछि नतिजा सार्वजनीक गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्