थप ३६५ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु



न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा ३६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालमा ३६७१ पीसीआर परीक्षण गर्दा ३२६ जना र १ हजार ९२३ एन्टिजेन परीक्षण गर्दा ३९ गरी ३६५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ भने ६०९ जना निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्