बुटवलको मोतिपुर क्षेत्रमा कर्फ्यू आदेश जारी



न्युज अफ नेपाल,  काठमाडौं ।

बुटवलको मोतिपुर क्षेत्रमा कर्फ्यू आदेश जारी भएको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारीले एक सूचना जारी गर्दै आइतबार ४ बजेदेखि मोतीपुर क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको जनाएका छन्।

बुटवल उपमहानगरपालिकाको वडानम्बर १७ र १८ मा निर्माणाधीन मोतिपुर औद्योगिक क्षेत्र (करिडोर)को अतिक्रमण हटाउने क्रममा झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको थियो । झडपमा ६ जना घाइते भएको जनाइएको छ ।

प्रशासनका अनुसार पूर्वमा तिनाउ नदी, पश्चिममा हरिहरपुरको खेतीयोग्य जमिन, उत्तरमा शिवनगर रानीगञ्ज बस्ती र दक्षिणमा बुटवल उपमहानगरपालिका १८ स्थित औद्योगिक करिडोरसम्म निषेधाज्ञा जारी गरिएको छ ।

स्थानीय प्रशासन ऐन २०७८ को दफा ६ (क) को अधिकार प्रयोग गरी आज मिति २०७८ साल असोज २४ गते दिनको ४ बजेदेखि अर्को सूचना जारीसम्मका लागि देहायको चारकिल्ला तोकी कर्फ्यू आदेश जारी गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिएको छ  ।

प्रतिक्रिया दिनुहोस्