शनिबार थप ७६० जनामा कोरोना संक्रमण पुष्टि, ११ जनाको मृत्यु



न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा थप ७६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ६ हजार १ सय ६८ पिसिआर परिक्षणका क्रममा ६ सय ३६ र ५ हजार ८ सय ६३ एन्टीजेन परिक्षणका क्रममा १२४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ९४ हजार ५ सय ९६ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ११ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार २ सय २१ जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै थप ८ सय ९९ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ७५ हजार ७२ संक्रमित कोरोना मुक्त भएका छन् । हाल १५ हजार ३ सय ४० सक्रिय संक्रमित आइशोलेशन र २ सय ३६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्