जेसीबीको शाखा दाङमा



काठमाडौं, (नेस) ।

नेपालका लागि जेसीबीको आधिकारिक बिक्रेता एमएडब्लु अर्थमुर्भस प्रालिले दाङको घोराहीस्थित रतनपुर चोकमा शाखा कार्यालय स्थापना गरेको छ ।

नयाँ शाखा कार्यालयको उद्घाटन नेपाल निर्माण व्यवसायी लुम्बिनी प्रदेश अध्यक्ष बद्रीभद्र रानाले गर्नुभएको छ । उक्त कार्यक्रममा एमएडब्लु अर्थमुर्भस प्रालिका सीईआ सञ्जिप पाहुजा, सेल्स हेड सूर्यप्रसाद ओझाले यस शाखा कार्यालयबाट ग्राहकको चहाना एवं विश्वसनीयताको लागि सम्पूर्ण मेसिन, पार्टपुर्जा एवं सर्भिसमा सदैव लागि पर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्