बजाज एक्सचेन्ज महामेला



काठमाडौं, (नेस) ।

नेपालमा बजाज मोटरसाइकलको अधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले फाइदा मोर, टेन्सन नो मोर शीर्षकका साथ बजाज एक्सचेन्ज महा मेला अफरको ल्याएको छ । यो अफरं असोज १७ गतेदेखि असोज २३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा लागू हुनेछ ।

यस अफरअन्तर्गत ग्राहकले कुनै पनि ब्राण्डको पुरानो बाइक लिएर आउन सक्ने छन् र नयाँ बजाज बाइक लिएर घर फर्किन सक्ने छन् । यसमा १८ भन्दा बढी भ्यालुएटरहरु रहेका छन् र कुनै पनि मोटरसाइकलको प्रचलित बजार भ्यालुएसन भन्दा १० हजार रुपियाँ थप गरि दिने कम्पनीले जनाएको छ।

यसका अतिरिक्त, बजाज नेपालले ५० प्रतिशत डाउन पेमेन्टमा शून्य प्रतिशत ब्याज, निःशुल्क एसेसरिज र निःशुल्क जाँच शिविर पनि प्रदान गरेको छ । एक भाग्यशाली विजेताले सामसङ एम सिरिज मोबाइल र लक्की डोर प्राइजपनि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्