कृषि विकास परिषद् गठन



काठमाडौं‚ (नेस) । 

नेपाल उद्योग परिसंघअन्तर्गत कृषि विकास परिषद् गठन भएको छ । परिसंघका राष्ट्रिय परिषद् सदस्य विकासकुमार दुगडको नेतृत्वमा परिषद् गठन भएको हो । परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारी परिषद्मा कोअर्डिनेटिङ उपाध्यक्ष हुनुहुन्छ ।

परिषद्ले नेपालमा कृषि क्षेत्रको विकासका लागि आवश्यक नीतिगत व्यवस्थाका लागि सरोकारवाला निकायसँग समन्वय गरी कार्य अघि बढाउने छ । कृषि क्षेत्रको विकास तथा कृषकको जीवनस्तर सुधारका लागि आवश्यक पर्ने प्राविधिक सहयोगको लागि पैरवी गर्ने उद्देश्यले गठन गरिएको यस परिषद्ले नेपाली कृषि उत्पादनलाई स्वदेशी तथा विदेशी बजारमा पुर्‍याउन सहजीकरण गर्नेछ ।

पहिलो चरणमा नमूना स्वरूप एउटा गाउँपालिकाको पहिचान गरी त्यहाँको माटोमा उत्पादन गर्न सकिने बाली पहिचान गर्ने र त्यस बालीको उन्नतस्तरको बिउबिजन कृषकलाई उपलब्ध गराउने योजना परिषद्को रहेको छ । परिषद्को सदस्यहरूमा पवन कुमार गोल्यान‚ प्रेम लामा‚ डा. दिल्ली राम शर्मा‚ सागर गौतम‚ राशी संघाई र सतिश श्रेष्ठ हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्