फोर्ड एभरेस्ट बजारमा



काठमाडौं, (नेस) ।

नेपालको लागि फोर्ड गाडीको आधिकारिक बिक्रेता जीओ अटोमोवाइल्स प्रालिले २ लिटर वाई– टर्वाे डिजेल इन्जिन र १० स्पीड अटोकेटिक ट्रान्समिसन भएको फोर्ड एभरेस्टको घोषणा गरेको छ । यसको शुरुवाती नेपाली मूल्य १ करोड ९९ लाख रुपियाँ रहेको छ । अफ–रोडमा उत्कृष्ट प्रदर्शन गर्न सक्ने यस गाडीको सर्भिसिङ मूल्य नै किफायती रहेको छ भने यसमा रहेको विषेश सुविधाहरुले नेपालको प्रिमियम एसयूभी बजारमा २०२२ फोर्ड एभरेष्टले एक नयाँ वेन्चमार्क बनाउने छ ।

पहिलोपटक सन् २००३ मा बजारमा आएको फोर्ड एभरेष्टको अहिलेको दोस्रो संस्करणको मोडल २०१५ देखि बजारमा उपलब्ध भएको थियो । जीओ अटोमोबाइल्सका प्रबन्ध निर्देशक आकाश गोल्छा भन्नुहुन्छ–‘ फोर्ड एभरेष्टको साथ हामी प्रयोगकर्तालाई उत्कृष्ट क्षमता र क्लास लिडिङ फिचर्स दुवैको उत्कृष्ट संगम भएको आकर्षक एसयूभी उपलब्ध गराउँदै छौं ।’

प्रतिक्रिया दिनुहोस्