रसुवाका आठ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री हस्तान्तरण

11.47k
Shares

सरस्वती न्यौपाने, रसुवा ।

जिल्लाको नौ कुण्ड गाउँपालिका भित्र रहेका आठ वटा स्वास्थ्य संस्थाहरूलाई शनिबार एक कार्यक्रमका बिच स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।

रसुवा ट्रेक एन्ड एक्पिडिसन को पहलमा अमेरिकी संस्था डाईरेट रिलिफ एवं माउन्टेन हट नेपालको सहयोगमा करिब १६ लाखको  रूपैयाँ को सामान रसुवा ट्रेकका प्रबन्ध निर्देशक बलराम न्यौपाने (दुर्गानाथ)  ले कोभिड लगायत अन्य कारण ले बिरामीलाई अक्सिजन अभाव हुन नदिन र बिरामी हरूलाई सहज होस भन्ने उद्देश्यले अक्सिजन उत्पादन गर्ने अक्सिजन कन्सनट्रेटर ८ थान,भोल्टेज रेगुलेटर ८ थान,पिपिई सेट १५ वटा,अक्सिमिटर ८ वटा नौ कुण्ड गाउँपालिकाको वडा नम्बर ६ का वडा अध्यक्ष धर्म बहादुर थोक्रालाई हस्तान्तरण गर्नुभएको हो ।

प्रबन्ध निर्देशक न्यौपानेबाट हस्तान्तरित सामग्री बुझ्दै वडा अध्यक्ष धर्म बहादुर थोक्राले तीन ओटा स्वास्थ्य चौकी र अरू ५ वटा सामुदायिक स्वास्थ्य इकाईलाई दाताले तोके बमोजिम सम्बन्धित स्वास्थ्य संस्थामा ती सामग्री  पठाउने बताउनु भयो । स्वास्थ्य प्रमुख वसन्त चालिसे,सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा थापा,  सम्बन्धी स्वास्थ्य चौकीका इन्चार्जहरूको उपस्थितिमा सामग्री हस्तान्तरण गरिएको हो ।

उपलब्ध भएको सामग्री ले श्वासप्रश्वास भएका बिरामीलाई उपचारमा सहजता पार्ने वातावरण तयार भएको भन्दै  स्थानीयले खुसी व्यक्त गरे। आगामी दिनहरूमा पनि यस्तै सहयोग पाइरहने अपेक्षा उनीहरूले राखेका थिए।

उपचारका सामग्री उपलब्ध गराई  स्वास्थ्यकर्मी हरूको मनोबल उच्च  पारी दिने दाता संस्था लगायत पहल कदमी गरि गाउँवासीको हितमा अहोरात्र खट्ने सामाजिक अभियन्ता बलराम न्यौपाने धन्यवादको पात्र भएको सरस्यु स्वास्थ्य इकाई प्रमुख निरञ्जन तामाङ ले बताउनु भयो ।