एईपीसी र रिकोनबीच सम्झौता



काठमाडौं, (नेस) ।

नवीकरणीय ऊर्जाको विकास र प्रवद्र्धनका लागि आपसी सहयोग र साझेदारी गर्ने विषयमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र (एईपीसी) र नवीकरणीय ऊर्जा परिसंघ नेपाल (रिकोन) बीच समझदारी भएको छ । समझदारीपत्रमा केन्द्रका कार्यकारी निर्देशक डा.मधुसुदन अधिकारी र परिसंघका अध्यक्ष गुणराज ढकालले हस्ताक्षर गर्नुभएको हो ।

समझदारीअनुसार केन्द्र र परिसंघका साझा चासोका विविध विषयमा दुवै पक्षले एक अर्कालाई सहयोगका लागि समन्वय र सहकार्य गर्नेछन् । परिसंघले नवीकरणीय ऊर्जा प्रविधिको विकास, प्रवद्र्धनका लागि अध्ययन तथा अनुसन्धान, क्षमता अभिवृद्धि, अन्तत्र्रिmया, बहस, पैरवी जस्ता कार्यक्रम केन्द्रसँग मिलेर सञ्चालन गर्ने र केन्द्रले प्राविधिक तथा अन्य सहयोग उपलव्ध गराउने र सोको लागि अन्य निकायका साथ समन्वय गर्न सहयोगसमेत गर्नेछ ।

उक्त समझदारी पत्र हस्ताक्षर गर्न आयोजित कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक अधिकारीले निजी क्षेत्रका साथ सहकार्य गर्दै अगाडि बढ्न यस समझादारीले मद्दत गर्ने उल्लेख गर्दै परिसंघसँगको सहकार्यमा नवीकरणीय ऊर्जाको विकासको लागि सम्बन्धित सरोकारवालासँग हातेमालो गर्दै अघि बढ्न सहज हुने बताउनुभयो ।

त्यसैगरी परिसंघका अध्यक्ष ढकालले नवीकरणीय ऊर्जा क्षेत्रको अध्ययन अनुसन्धान, जनचेतना अभिवृद्धि, प्रविधि प्रवद्र्धन जस्ता क्षेत्रमा निजी क्षेत्रको भूमिका रहने भएकाले यस्ता क्रियाकलापमा सहकार्यबाट संस्थागत सुदृढीकरणमा सघाउ पुग्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्