तीन सातादेखि युनाइटेड मोदीको उत्पादन ठप्प



नेपाल समाचारपत्र, पर्वत ।

निजी क्षेत्रको युनाइटेड मोदी हाइड्रोपावर कम्पनीद्वारा पर्वतको चुवामा निर्मित १० मेगावाट क्षमताको तल्लो मोदी–१ जलविद्युत् आयोजनाबाट तीन सातादेखि उत्पादन ठप्प रहेको छ । गत भदौ १७ गते राति आएको बाढीले आयोजनामा क्षति पु¥याएपछि उत्पादन ठप्प बनेको हो ।

प्रत्येक वर्ष बाढीपहिरोबाट क्षति बेर्होदै आएको आयोजनामा यसपटक बढी पुगेको छ । बाढीले आयोजनाको नहर, बाँधस्थल, पर्खाललगायतका संरचनामा क्षति पुगेको छ । विद्युत् उत्पादन गृहमा क्षति नपुगे पनि नहरबाट पानी ल्याउन नै समस्या भएको कम्पनीका प्रबन्ध निर्देशक उपेन्द्र गौतमले जानकारी दिनुभयो ।

उक्त आयोजनाको विद्युत। गृहदेखि मोदी सबस्टेशन जोड्ने १३२ केभी क्षमताको प्रसारण लाइनको चार नम्बर टावरसमेत पहिराले ढालेको छ । टावर ढलेसँगै तल्लो मोदी–१ को विद्युत् गृहमा पठाउने पानीको नहरको ५ सय मिटर भागमा लेदोसहितको माटो थुप्रिनाका साथै करिब एक किलोमिछर क्षेत्रमा क्षति पुगेको छ । ढलेको टावर निर्माणमा मात्रै करीब । डेढ करोड रुपियाँ खर्च लाग्ने अनुमान गरिएको छ । आयोजनाको विद्युत् उत्पादन रोकिँदा दैनिक १० लाख रुपियाँ नोक्सान भइरहेको प्रबन्ध निर्देशक उपेन्द्र गौतमले बताउनुभयो । बाढी र पहिरोका कारण नोक्सान मात्रै पाँच करोडभन्दा बढी भएको उहाँको दाबी छ । अहिले मर्मतको काम चलिरहेको र अझै केही समय लाग्नेछ । आयोजनाको संरचना र हालसम्म उत्पादन हुने विद्युत्को नोक्सानमात्रै करिब सात करोड भइसकेको गौतमले बताउनुभयो ।

टावर निर्माणमा ढिलाइ हुने भएपछि विद्युत् प्राधिकरणले प्रसारण लाइनको अस्थायी व्यवस्था गरेर म्याग्दी र मुस्ताङमा उत्पादित विद्युत् प्रसारण लाइनमा पठाइएको छ । ‘अहिलेका लागि अस्थायी टावर बनाएर म्याग्दी र मुस्ताङको उत्पादन राष्ट्रिय प्रसारण लाइनमा पठाइएको छ’, कालीगण्डकी प्रसारण करिडोर आयोजनाका प्रमुख चन्दनकुमार घोषले भन्नुभयो ‘मोदीको टावर बनेपछि सोही टावरमा जोडिन्छ ।’ सोही टावर हुँदै १० मेगावाटको तल्लो मोदी–१ सहित म्याग्दीको अन्नपूर्ण–४ नारच्याङस्थित ४२ मेगावाटको मिस्त्रीखोला, पाँच मेगावाटको घलेम्दीखोला र मुस्ताङको थासाङ–१ टुकुचेको १३ दशमलव ६ मेगावाटको थापाखोला जलविद्युत् आयोजनाको उत्पादन प्रसारण भइरहेको थियो । युनाइटेड मोदीको तल्लोमोदी–१ बाहेक म्याग्दी र मुस्ताङको विद्युत् भने भदौ ३१ देखि राष्ट्रिय प्रसारण लाइनमा जोडिएको थियो ।

प्रतिक्रिया दिनुहोस्