आन्तरिक कर्जामा झिनो गिरावट



नेपाल समाचारपत्र, काठमाडौं ।

आर्थिक वर्ष २०७८/७९ को पहिलो महिनामा आन्तरिक कर्जा शून्य दशमलव ५ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा १ दशमलव ४ प्रतिशतले घटेको थियो । वार्षिक बिन्दुगत आधारमा साउन मसान्तमा यस्तो कर्जा २७ दशमलव ९ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी १ दशमलव ६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दावी शून्य दशमलव शून्य २ प्रतिशतले घटेको थियो । वार्षिक बिन्दुगत आधारमा साउन मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी २८ दशमलव ३ प्रतिशतले बढेको छ । निक्षेप परिचालन घड। समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १ दशमलव ६ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप शून्य दशमलव१ प्रतिशतले घटेको थियो । वार्षिक बिन्दुगत आधारमा साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १९ दशमलव ६ प्रतिशतले बढेको छ ।

साउनमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ७ दशमलव ८ प्रतिशत, ३४ दशमलव ३ प्रतिशत र ४९ दशमलव ५ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अंश क्रमशः ७ दशमलव ७ प्रतिशत, ३२ दशमलव २ प्रतिशत र ५० दशमलव ६ प्रतिशत रहेको थियो । साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४१ दशमलव ४ प्रतिशत रहेको छ । २०७७ साउन मसान्तमा यस्तो निक्षेपको अंश ४३ दशमलव ८ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १ दशमलव २ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा शून्य दशमलव ५ प्रतिशतले घटेको थियो । वार्षिक बिन्दुगत आधारमा साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा २९ दशमलव ४ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह १ दशमलव १ प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह २ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह १ दशमलव ६ प्रतिशतले बढेको छ ।

साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६६ दशमलव २ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.८ प्रतिशत कर्जा चालु सम्पत्ति ९कृषि तथा गैर–कृषिजन्य वस्तु० को धितोमा प्रवाह भएको छ । साउन मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६६.१ प्रतिशत र १२.७ प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०७८/७९ को पहिलो महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा २ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा १ दशमलव ४ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा १ दशमलव ३ प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा शून्य दशमलव ५ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा शून्य दशमलव ४ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्