१ हजार केजीको फर्सीले जित्यो ठुलो पुरस्कार



काठमाडौ । अमेरिकाको ओहायोमा जारी ५७ औ बार्षिक कृषी प्रर्दशनीमा एउटा फर्सीले संसारभर चर्चा पाएको छ । डिल्लोभेले निवासी जेफ त्यैलीले संसारको सबै भन्दा बढी तौल भएको फर्सीसंग बिवाह गर्ने घोषणा नै गरे ।

प्रर्दशनीमा राखिएको उक्त फर्सीको तौल १ हजार केजी रहेको छ । राजा फर्सीको उपनाम पाएको फर्सी हेर्न अहिले बिभिन्न ठाउंबाट मानिस त्यहां जम्मा हुने गरेका छन ।

संसारमा उत्पादन भएका बढी तौल भएको सामाग्रीको उक्त प्रर्दशनीमा सो फर्सीले उपाधि समेत जितेको छ । उपाधी जितेपछि त्यसका मालिक दंग पर्दै यस्ता उत्पादनमा आफु सधै सक्रिय रहने प्रतिकृया समेत दिएका छन । उक्त पर्सीको तौल पत्ता लगाउन क्रेनको समेत प्रयोग गर्नु परेको थियो ।

प्रतिक्रिया दिनुहोस्