विकासका मोडलमा नै त्रुटी : अर्थमन्त्री



काठमाडौं, (नेस)।

अर्थमन्त्री जनार्दन शर्माले नेपालमा विकास नहुनुमा कर्मचारीतन्त्र वा राजनीतिज्ञहरुको मात्र दोष नभएर हालसम्म बनाइएका विकासका मोडलमा नै त्रुटी रहेको औंल्याउनुभएको छ । मंगलबार नेपाल बैंक तथा वित्तीय संस्था परिसंघ र त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभागद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै

उहाँले हामी कहाँ कुन क्षेत्रको विकास कति र कहिले गर्ने भन्ने योजना यकिन नभइकन बजेट विनियोजन गर्ने चलन धेरै रहेको उल्लेख गर्नुभयो ।

हरेक कुना काप्चामा सडक बनाउने भनेर बजेट विनियोजन गरिएको हुन्छ । तर, कहाँ कति वटा सडक आवश्यक छ भन्ने कसैले पनि अनुसन्धान नगरेको अर्थमन्त्रीको भनाइ छ । आयोजना निर्माणको जिम्मा लगाउँदा पनि ठेकदारको क्षमता परीक्षण गरिनुपर्ने भन्दै नेपालको सार्वजनिक खरिद ऐनमा समस्या रहेकाले त्यसलाई संशोधन गरिने बताउनुभयो । सो कार्यक्रममा अर्थमन्त्री शर्माले शेयर बजारमा लगानीभन्दा ट्रेडिङमा आकर्षित भएको शेयर बजार मन्त्रीले बोलेर तलमाथि हुने विषय नभएको दाबी गर्नुभयोे । लगानीकर्तामा थोरै चेतनाको अभाव रहेको उल्लेख गर्दै भित्रैभित्रै चलखेल भएको कुरा थाहा नपाउने अनि मन्त्रीले घटायो भनेर गाली गर्न मिल्छ ? प्रतिप्रश्न गर्नुभयो । उहाँले लगानीकर्ताहरू बुझेरमात्रै शेयर बजारमा लगानी गर्नुपर्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस्