हनुमान ढोकाबाट इन्द्रजात्रा सुरु, लिङ्गो यसरी ठड्याइयो (फोटो फिचर)



ol;+ -lnËf]_ p7fpFb} u’7Lof/ tyf ;j{;fwf/0f sf7df8f}F @ c;f]h M OG›hfqsf] cj;/df x/]s jif{ xg’df9f]sf kl/;/df p7fO{g] ol;+ -lnËf]_ p7fpFb} u’7Lof/ tyf ;j{;fwf/0f . t:jL/ M /Tg >]i7÷ /f;;

न्युज अफ नेपाल, काठमाडौं ।

इन्द्रजात्रा आजदेखि सुरु भएको छ । वर्षा र सहकालका देवता इन्द्रको नाममा गरिने इन्द्रजात्राको इन्द्रध्वजोत्थान आज (२ असोज) बिहान ६:५१ बजेको साइतमा गरिएको छ ।

नेपाली सेनासमेत सहयोगमा हनुमान ढोका (कालभैरव क्षेत्र)बाट इन्द्रजात्राको लिङ्गो ठड्याएर इन्द्रध्वजोत्थान गरिएको हो । इन्द्रध्वजोत्थान गरेपछि जात्राको मुख्य दिन ३ असोजमा कुमारीलाई तल्लो टोल यात्रा गराइन्छ । ४ असोजमा माथिल्लो टोल यात्रा गराइने कार्यक्रम रहेको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए ।

असोज ८ गते नानिचा यात्रा गरिनेछ । त्यसै दिन राति १०:३६ बजे इन्द्रध्वज पतन अर्थात् लिङ्गो ढालिने साइत छ । यसरी करिब १५ दिन लामो इन्द्रजात्राको कार्यक्रम समापन गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्