शिवम् सिमेन्ट काठमाडौं किङस् इलाभेनको मुख्य प्रायोजक



काठमाडौं, (नेस) ।

एभरेष्ट प्रिमियर लिग क्रिकेटअन्तर्गत काठमाडौं किङ्स् इलाभेन टिमको मुख्य प्रायोजन शिवम् सिमेन्ट लिमिटेडले गर्ने भएको छ । हालै शिवम् सिमेन्ट र काठमाडौं किङ्स ११ बीच सम्झौता हस्ताक्षर भएको थियो । आफ्नै चुन ढुंगा प्रयोग गरी अत्याधुनिक प्रविधिमार्फत तयार गरिएको देशकै पहिलो र एक मात्र एनएस अवार्ड प्रथमबाट सम्मानित सर्वोत्कृष्ट ओपिसि सिमेन्ट शिवम् सिमेन्ट ५३ ग्रेड र ४३ ग्रेडमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्