हाइब्रिड क्रसर नेपाली बजारमा



काठमाडौं (नेस) ।

नेपालका लागि आधिकारिक बिक्रेता मानश्री टेर्डिङ इन्टरप्राइजेज प्रालिले टेरेक्स्फिन्ले बहुराष्ट्रिय कम्पनीको विभिन्न प्रकारको क्रसरहरू बिक्री गर्दै आएको छ ।

नेपाली बजारमा पहिलोपटक हाइब्रिड प्रविधिको क्रसरको बिक्री शुभारम्भ गरेको छ । यी क्रसर भारतमा निर्माण गरिएको हो ।

यो हाइब्रिड प्रविधिको क्रसरहरू डिजल र बिजुली दुवैबाट चलाउन सकिने बताइएको छ । यसको सञ्चालन खर्च आधा नै कम रहेको कम्पनीले दाबी गरेको छ ।

यसको क्षमता १२५ टनदेखि ४०० टन प्रतिघण्टासम्म रहेको छ । भारतमा निर्माण भएकाले पार्टपुर्जाहरू सहजै उपलब्ध हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्