टिकटक बनाउने क्रममा सेती नदीमा खसेर नवविवाहिता बेपत्ता



न्युज अफ नेपाल, तनहुँ ।

टिकटक बनाउने क्रममा सेती नदीमा खसेर एक नवविवाहिताको मृत्यु भएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ पुलचोकस्थित सेती नदी (रक गार्डेन) मा खस्दा नवविवाहिता बेपत्ता भएकी हुन्।

५ दिनअघि विवाह भएकी लालिम माइत भएकी १९ वर्षीया पवित्रा लम्साल दुल्हन फर्काउन माइत आएकी र मंगलबार दिउँसो दुई साथीहरुसँग घुम्न पुल्चोक गई टिकटक बनाउने क्रममा चिप्लिएर नदीमा खसेर बेपत्ता भएको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्