एमसीसीबारे छलफल जारी



काठमाडौं, (नेस) ।  

अर्थमन्त्री जनार्दन शर्मासँग नेपाल भ्रमणमा रहनु भएका अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का उपाध्यक्ष फतिमा सुमारले शनिबार भेटवार्ता गर्नुभएको छ ।

उक्त भेटमा अर्थमन्त्रीले एमसीसीको विषय राजनीतिकस्तरमा छलफल भइरहेको उल्लेख गर्नुभयो । सो अवसरमा उपाध्यक्ष सुमारले कम्प्याक्टलाई शीघ्र अनुमोदन गरी कार्यान्वयनमा लैजान आग्रह गर्नुभएको थियो । एमसीसी सहयोगबाट ३१२ किलोमिटर लामो ४०० केभी क्षमताको प्रसारण लाइन र दाङको भालुवाङदेखि शिवखोलासम्मको ७७ किलोमिटर सडक पूर्वाधार निर्माण हुनेछ । ती परियोजनाका लागि ५० अर्ब बराबर लगानी हुनेछ । नेपाल सरकारको तर्फबाट १३ अर्ब लगानी हुनेछ ।

प्रतिक्रिया दिनुहोस्