युसीजीएल सम्मेलन सम्पन्न



काठमाडौं, (नेस) ।

कोभिड महामरी र स्थानीय सरकारको भूमिकालगायतका प्रस्ताव पारित गर्दै युनाइटेड सिटिजन्स् एन्ड लोकल गभर्मेन्ट (युसीजीएल)को आठौं सम्मेलन सम्पन्न भएको छ । युसीजीएलका अध्यक्ष अशोककुमार ब्याञ्जुको अध्यक्षतामा ७ सेप्टेम्बरदेखि शुरु भएको थियो ।

सम्मेलनले स्थानीय सरकारमा कोरोनाले पारेको प्रभाव र त्यसपछिको महामारीलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा विभिन्न स्थानीय सरकारका प्रमुखले प्रतिवेदन प्रस्तुत गरेका थिए । अध्यक्ष व्याञ्जुका अनुसार विश्वभरका २ लाख ४० हजार बढी शहरको साझा संस्था युसीजीएलमा एसिया प्यासिफिकबाट ७ हजार बढी स्थानीय सरकार सदस्य रहेका छन् । नेपालका पनि १० वटा स्थानीय तह सदस्य रहेको उक्त संस्थामा भारत, पाकिस्तान, चीन, जापान, दक्षिण कोरिया, इण्डोनेसियालगायतका देशका स्थानीय सरकार सदस्य रहेका छन् । सम्मेलनले आगामी विश्व सम्मेलन, आर्थिक तथा कारोनाको महामारीबाट छुटकरा पाउन स्थानीय सरकारको भूमिका लागायतका प्रस्तावहरु पारित गरेको छ ।

अध्यक्ष ब्याञ्जुले विशेष गरी स्थानीय सरकार र शहर को दीर्घकालीन विकासका लागि कसरी अन्तरर्देशीय शहर र स्थानीय सरकारले सहयोग गर्न सक्छन् भन्ने विषयमा छलफल भएको जानकारी दिनुभयो । ‘हामी एसिया प्यासिफिकबाट मात्रै ७ हजार बढी स्थानीय सरकार यसको सदस्य छौं ।’ ब्याञ्जुले बताउनुभयो । शहरभित्रलाई सुन्दर, शिक्षित र स्मार्ट बनाउनका लागि आवश्यक पर्ने टेक्नोलोजी र अन्य स्रोत साधनको बारेमा पनि छलफल भएको अध्यक्ष ब्याञ्जुको भनाइ छ ।

नेपालको सांस्कृति र शहरी विकासको अवधारणलाई विश्वभर चिनाउनका लागि आठौं सम्मेलनले महत्वपूर्ण भूमिका निर्वाह गरेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्