इन्टेक्स ब्राण्डका इलोट्रोनिक्स सामान अब नेपाली बजारमा



न्युज अफ नेपाल, काठमाडौं ।

अन्तराष्ट्रिय स्तरमा ख्याती कमाउन सफल इन्टेक्स ब्राण्डका इलोट्रोनिक्स सामान अव नेपाली बजारमा पाईने भएको छ । रिसिक टेडिङ कन्र्सन प्रालि नेपालका लागि आधिकारिक बिक्रेताको रुपमा रहेको छ । बिश्व बजारमा आफुलाई स्थापित गर्न सफल उक्त कम्पनीबाट उत्पादित सामानहरु गुणस्तरीय र भरपर्दो रहेको छ । यस कम्पनीले हरेक परिवारकालागि आवश्यक पर्ने इलोक्ट्रोनिक्सका सामानहरु उत्पादन गदै बिश्व बजारमा उपलब्ध गराउदै आएको छ ।

नेपाली सिने जगतकी चर्चित नायिका करिस्मा मानन्धरले यस ब्राण्डलाई नेपालमा आधिकारिक रुपमा भित्र्याउनु भएको हो । रिसिक टेडिङ कन्र्सनकी म्यानेजिड डाइरेक्टर समेत रहनु भएकी अभिनेत्री मानन्धरले घरायसी रुपमा प्रयोग हुने इलोक्ट्रोनिक्स सामान खरिद गर्दा उपभोक्ताले अवदेखि यो ब्राण्डलाई नै रोज्नेमा आफु बिश्वस्त रहेको समेत बताउनु भएको छ ।२५ बर्ष अघिबाट यस ब्राण्डका सामानहरु बिश्व बजारमा आएपनि नेपालमा भने होम अप्लायन्स र स्मल होम अप्लायन्सका सामान आधिकारिक रुपमा पहिलो पटक नेपाल भित्रिएको हो ।

८ बर्ष अघि यस कम्पनीले उत्पादन गरेको मोवाइल नेपाल भित्रिएको र सन २०१५ मा नेपाल र भारतमा नम्वर एक ब्राण्डको रुपमा स्थापित भएको थियो । क्वालिटी र गुणस्तरमा प्रश्न उठाउने ठाउं नरहेको इन्टेक्स ब्राण्डका अन्तराष्ट्रिय ब्यापार प्रमुख बिश्वास अग्रवालले बताउनु भएको छ ।इन्टेक्स ब्राण्डका सामानको एक बर्ष देखि १० बर्ष सम्म वारेन्टी रहेको अग्रवालले जानकारी दिनु भएको छ । नेपालमा आधिकारिक रुपमा भित्रिएको उक्त ब्राण्डलाई नम्वर १ बनाउने प्रयासमा आफुहरु रहेको उहांले जानकारी दिनुभएको छ । देशभर नै उक्त कम्पनीले सर्भिस सेन्टरहरुको स्थापना गरिसकेको छ ।

हम्रो उदेश्य भनेको बेस्ट क्वालिटीका गुणस्तरीय सामान उपभोक्तालाई दिनु हो । हाम्रा ब्राण्डका सामान प्रयोग गर्ने कुनैपनि उपभोक्ताले पछुतो मान्नुपर्ने छैन । हामीले राम्रो सामान सहि मुल्यमा उपभोक्तलाई उपलब्ध गराउदै आएका छौ इन्टेक्स ब्राण्डका कन्टि म्यानेजर बिनय जोशीले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्