एनसेलद्वारा विद्यार्थीका लागि पहिलो सिम अफर



काठमाडौ, (नेस) ।

एनसेल आजियाटाले एसईई दिएका विद्यार्थीहरुका लागि विषेश अफर पहिलो सिम ल्याएको छ । यो योजनामा एसईईका विद्यार्थीले मात्र एक रुपियाँमा प्रिपेड सिमको खरिदका साथै रिचार्जमा बोनस ब्यालेन्स, निःशुल्क माइफाइभ सेवा र बोनस डेटा लगायत विभिन्न फाइदा लिन सक्छन् ।

यो योजना भदौ १५ गतेदेखि सञ्चालनमा आउएको छ । एसईई २०७८ को परीक्षा प्रवेश पत्र भएका सबै विद्यार्थीले एनसेल सेन्टरबाट यो पहिलो सिम लिन सक्ने कम्पनीले जनाएको छ । यो योजनाअन्तर्गत पहिलो सिम लिने विद्यार्थीले सिम एक्टिभेट गरेको सात दिनभित्र सय रुपियाँ वा सोभन्दा बढीको पहिलो रिचार्जमा २० रुपियाँ मेन ब्यालेन्स र ३० दिनसम्म प्रत्येक दिन १५० एमबी डेटा पाउँछन् ।

त्यसैगरी ५० रुपियाँ वा सोभन्दा बढीको प्रत्येक रिचार्जमा ६ महिनासम्म विभिन्न बोनस सुविधाको फाइदा लिन सक्छन् । यस्तो रिचार्जमा विद्यार्थीले ३ दिन मान्य हुने ५०० एमबी डेटा, अन्य एनसेल नम्बरमा कलगर्न ५० मिनेट टक टाइम र त्यसैगरी अन्य एनसेल नम्बरमा पठाउन मिल्ने ५० वटा एसएमएस बोनस स्वरुप प्राप्त गर्छन् । विद्यार्थीलाई यो सिम लिनका लागि आफ्नो एक प्रति पासपोर्ट साइज फोटो, आफ्नो कक्षा १० को मार्कसिटको फोटोकपी, आफ्नो नागरिकता वा आफ्नो आमा वा बाबुको नागरिकताको फोटोकपि आवश्यक पर्दछ । यो सिम विद्यार्थीले आफुलाई पायक पर्ने एनसेल सेन्टरबाट सिम लिन सक्छन् । भ्वाइस, डेटा र एसएमएसमा आकर्षक बोनस बाहेक यो योजनामा निःशुल्क माइफाइभ सेवा पनि उपलब्ध छ । विद्यार्थीहरुले सधै सम्पर्कमा रही रहनुपर्ने अधिकतम् पाँच वटा एनसेल नम्बरहरु सजिलैसँग माइफाइभ समूहमा सेट गर्न सक्छन् । नम्बरहरु माइफाइभ समूहमा राखेपछि विद्यार्थीले पहिलो ३० दिनसम्म ती नम्बरमा मात्र ५० पैसा प्रति मिनेट शुल्कमा कुराकानी गर्न सक्छन् । ३० दिनपछि, सय वा सोभन्दा माथिको रिचार्जमा यो सेवाले निरन्तरता पाउनेछ ।

प्रतिक्रिया दिनुहोस्