परिसंघ र नाडाले सहकार्य गर्ने



काठमाडौं, (नेस) ।

नेपाल उद्योग परिसंघका र नाडाका प्रतिनिधिबीच छलफल भएको छ । उक्त भेटघाटमा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले दुई संस्थाबीचको पारस्परिक सम्बन्धलाई थप सुदृढ बनाउने, नेपालको नीजि क्षेत्रको सवालमा एक भएर अघि बढ्ने र अन्य संभाव्य क्षेत्रमा समेत सहकार्य गरेर अघि बढनुपर्ने बताउनुभयो । सो छलफलमा अध्यक्ष दुलालले नाडाले ७ वटै प्रदेशमा प्रदेशस्तरीय एसोसिएसन स्थापना भइसकेको र नेपालमा अटोमोवाइल उद्योगसमेत खोल्न शुरुवात समेत भइसकेको बताउनुभयो ।

सो भेटघाटमा उपाध्यक्ष करण चौधरीले नाडामा धेरै रुपान्तरण भइसकेको र त्यहीअनुसार सदस्य संख्यामा पनि उल्लेख्य रुपमा वृद्धि भएको भन्दै निजी क्षेत्रको सवालमा परिसंघसँग सहकार्य गरेर अघि बढ्न चाहेको बताउनुभयो । सो भेटघाट तथा छलफलमा महासचिव सुनिल रिजालले निजी क्षेत्रका साझा सवालमा सहकार्य गरेर अघि बढने बताउनुभयो । सो छलफलमा केन्द्रीय कार्यसमिति सदस्य तथा मोटरसाइकल समितिका सभापति अभिक ज्योतिले दुई संस्थाबीच पारस्परिक सहयोगको वातावरण बनाउनुपर्ने धारणा राख्नुभयो ।

छलफलमा परिसंघका अध्यक्ष विष्णृुकुमार अग्रवालले ७ सदस्यीय नाडा प्रतिनिधिमण्डललाई आफ्नो कार्यकक्षमा स्वागत गर्दे नाडासँग पहिलो भेटघाट भएको बताउनुभयो । सो भेटघाटमा उहाँले पेट्रोलियम पदार्थको प्रयोग पनि अधिकांश रूपमा अटोमोवाइलमा नै प्रयोग हुने सन्दर्भमा नेपालमा अटोमोवाइल व्यवसायले ठूलो क्षेत्र ओगटेको छ भन्नुभयो । उहाँले नेपाल उद्योग परिसंघले नेपालमा उद्योग व्यवसायको विस्तारको लागि पहल गरिरहेको र यसबाट पुंँजी निर्माणमा ठूलो सहयोग पुग्ने बताउनु हुँदै उद्योग स्थापनाका लागि सरकारकातर्फबाट गरिनुपर्ने सहयोगका सम्बन्धमा समेत चर्चा गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्