परिसंघअन्तर्गत राजस्व समिति गठन



काठमाडौं, (नेस) ।

नेपाल उद्योग परिसंघअन्तर्गत राजस्व समिति गठन भएको छ । परिसंघका उपाध्यक्ष राजेश अग्रवाल कोअर्डिनेटिङ उपाध्यक्ष र राष्ट्रिय परिषद् सदस्य राहुलकुमार अग्रवाल संयोजक रहने गरी समिति गठन गरिएको हो ।

समितिको सहसंयोजक वरुण तोदी रहनु भएको छ । समितिले औद्योगिक विकासमैत्री राजस्व नीति तर्जुमा एवं त्यसको कार्यान्वयनका लागि सरकारसाग सहकार्य गर्नेछ । आयातमा आधारित राजस्व प्रणालीलाई स्वदेशी उद्योगमा आधारित राजस्व प्रणालीमा परिवर्तन गर्ने र राजस्वको दिगो आधार तयार गर्न सरकारलाई सहयोग गर्ने लक्ष्य पनि राखिएको छ ।

औद्योगीकरणका लागि राजस्व नीति भन्ने मूल विषयमा आधारित रहेर समितिले निरन्तर सरकारलाई सुझाव दिने र कार्यान्वयनका लागि पहल गर्नेछ । ‘हाम्रो राजस्व प्रणालीलाई उद्योगमैत्री बनाउने र औद्योगीकरणमा सहयोग गर्ने नीति तर्जुमामा सहकार्य गर्ने समितिको मुख्य उद्देश्यहो,’ परिसंघका उपाध्यक्ष अग्रवालले भन्नुभयो । समितिमा अमितमोर, आशीष अग्रवाल, गौरव गोयल, ताराप्रसाद पौडेल, दिलीप अग्रवाल, द्विवराज शर्मा, नरेश दास, मनिष खेमका, विक्रम सिंघानिया, विदुशी राणा, विवेक दुगड र सौरभ दुगड रहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्