इतिहासको पानाबाट : मार्टिन लुथरको ऐतिहासिक भाषणदेखि चार्ल्स र डायनाको सम्बन्धविच्छेदसम्म



एजेन्सी : आज २८ अगस्ट । आजको तिथिमा संसारमा महत्वपूर्ण घटना भएका थिए ।

प्रस्तुत छ विश्वमा आज भएका केही महत्वपूर्ण घटनाः

डा. मार्टिन लुथरको ऐतिहासिक भाषण

२८ अगस्ट सन् १९६३ मा अमेरिकी नागरिक अधिकार आन्दोलनका अगुवा डा मार्टिन लथर किङले एउटा एतिहासिक भाषण गरेका थिए । मानवअधिकार र राजधनीतिक अधिकार समूहले वासिंगटनमा आयोजना गरेको र्‍यालीमा लिंकन स्मारक अगाडि उनले ऐतिहासिक भाषण गरेका थिए ।

अफ्रिकी मुलका अमेरिकीलाई रोजगारी र समानताको माग गर्दै भेला भएका २ लाख मानिसअगाडि उनले भाषण गरेका थिए । उनको ड्रिम स्पिच अमेरिकी नागरिक अधिकार आन्दोलनको प्रतिबिम्ब बनेको थियो । उनको भाषणलाई इतिहासमा अहिलेसम्मकै सम्मानित भाषण मानिन्छ ।

अश्वेत किशोरको हत्या

अमेरिकाकी एक श्वेत युवतीसँग प्रेम गरेको आरोपमा सन् १९५५ को २८ अगस्टमा गोराहरुले १४ वर्षका अश्वेत किशोर इमेटटिलको निर्मम हत्या गरेको थियो ।

अमेरिकामा गोराहरुले अश्वेतमाथि चरम विभेद गरिरहेकै बेला सो बिभत्स हमला भएको थियो । शिकागोका टिल हत्या हुनु एक दिनअगाडि मिसीसिपी पुगेका थिए ।  अपहरणपछि हत्या गरिएका उनको शव नदीमा फालिएको थियो ।

टोयटा मोर्टस स्थापना

आजकै दिन सन् १९३७ को २८ अगस्टमा टोयटा मोटर कर्पोरेशन  स्थापना भएको थियो । सुरुमा कर्पोरेशनको नेतृत्व टोयटाका संस्थापक सकिची तोयोदाका छोरा किचिरो तोयदाले गरेका थिए । जापानको बहुराष्ट्रिय निर्माता टोयटा मोटर कर्पोरेशनको प्रधानकार्यलय जापानको टोकियोमा छ । कर्पोरेशनले बर्षेनी १ करोड भन्दा गाडी उत्पादन गर्छ ।

अमेरिकाको पहिलो साइन्स म्यागेजिन

विज्ञानको क्षेत्रमा भएका प्रगति र अवस्थाबारे  जानकारी दिने उदेश्यले सन् १८४५ को २८ अगस्टदेखि अमेरिकामा पहिलो पटक साइन्स म्यागेजिन साईन्टिफिक अमेरिकन प्रकाशन भयो । यो म्यागेजिन अहिले पनि निरन्तर प्रकाशन भइरहेको छ ।

चार्ल्स र डायनाको सम्बन्ध विच्छेद

बेलायतका राजकुमार चार्ल्स र राजकुमारी डायनाको सम्बन्ध विच्छेद २८ अगस्त १९९६ मा भएको थियो । राजकुमार चार्ल्स परस्त्रीसँग प्रेम सम्बन्धमा रहेको तथ्य बाहिर आएपछि दुई सन्तानकी आमा डायना अलग भइन ।

शाही दरवारले नै उनीहरूको सम्बन्ध विच्छेद गरायो । सम्बन्ध विच्छेदको एक वर्षपछि कार दुर्घटनामा ३६ वर्षीया राजकुमारी डायनाको निधन भयो ।

प्रतिक्रिया दिनुहोस्