कोरोना संक्रमण बढ्दा राज्य उदासीन



पछिल्लो केही दिनयता उपत्यकामा कोरोना भाइरसको संक्रमण दर निकै बढ्दो छ । कोरोना संक्रमणको कारण मुत्युदर पनि उकालो लाग्दै गएको छ । उपत्यकाका अस्पतालहरुको आईसीयुहरु भरिएको छन् । गुह मन्त्रालयअन्तर्गत रहेर ट्राफिक प्रहरीहरुले केही दिनयता तपाईंको मास्क खोइ ? भन्ने अभियान चलाएको छ । आफ्नो घरबाट बाहिर निस्किँदा अनिवार्य मास्क लगाउनुपर्ने नियमसाथ यो अभियान चलाएको हो ।

सार्वजनिक यातायातमा यात्रा गर्दा होस्, पसलमा सामान खरिद गर्न जाँदा होस् वा बाटोका हिँड्दा होस्, अनिवार्यरुपमा मास्क लगाउनुपर्छ । सरकारले योसँगै व्यापारी र सर्वसाधारणलाई अन्य स्वास्थ्य मापदण्डहरु बनाएको थियो । पसलेले अनिवार्यरुपमा मास्क लगाउनुपर्ने, पसलमा स्यानिटाइजर राख्नुपर्ने नियम सरकारले पसल सञ्चालन गर्ने व्यापारीहरुको निमित्त बनाएको थियो ।

सर्वसाधारणले घरबाहिर निस्किँदा मुखमा मास्क लगाउनुपर्ने, भौतिक दूरी पालना गर्नुपर्ने, स्यानिटाइजरको प्रयोगजस्ता सुरक्षा मापदण्डहरु सर्वसाधारणले पालना गर्नै पर्ने नियमहरु हुन् । तर व्यापारीदेखि लिएर सर्वसाधारणले समेत सरकारको स्वास्थ्य मापदण्ड पालना गरेको छैन । जुन सरकारको नियम विपरीत हो । सरकारले बनाएको स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालना नगर्दा कोरोना भाइरसले विकराल रुप लिइरहेको छ ।

हामी नेपाली भूमिमा जन्मियौं । नेपाली नागरिक हौं । नेपाल सरकारको कानुन हामीमा लागू हुन्छ । एउटा बालकलाई नागरिक बनाउनको लागि नेपाल सरकारको ठूलो लगानी परेको हुन्छ । नेपाली जनतालाई केही भइहाल्यो भने नेपाल सरकारले घाटा व्यहोरेको हुन्छ । त्यस्तै कोरोनाबाट नेपाली जनता बचाउनु नेपाल सरकारको दायित्व हो ।

कोरोनाबाट जनता बचाउनको लागि सरकारले विभिन्न स्वास्थ्य मापदण्ड बनाएको छ । तर कसैले टेरपुच्छर मानेका छैनन् । सरकारको निर्णय मान्नु नेपाली जनताको दायित्व हो । तर फितलो अनुगमनको कारणले गर्दा सरकारले बनाएका निर्णयहरु कर्यान्वयनमा आउन सकेको छैन ।

राजनीतिक दलले नै सरकारको स्वास्थ्य मापदण्डको पालना गरेका छैनन् । राजनीतिक दलहरु नै सभा, समारोहजस्ता कोरोना फैलाउने काम गरिरहेका छन् । राजनीतिक दलले नै स्वास्थ्य मापदण्ड पालना गरेका छैनन् । सार्वजनिक यातायातमा पनि यात्रुहरुको भीड उत्तिकै छ । चालक र स्वचालकको मुखमा मास्क, हातमा पञ्जा छैन । सार्वजनिक यातायातको ढोकामा स्यानिटाइजरको व्यवस्था गरेको पनि पाइएको छैन ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सार्वजनिक सवारीसाधनमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाउने भनेर सूचना जारी गरेको थियो । साथै मास्क नलगाएका यात्रुहरुलाई सार्वजनिक सवारीमा प्रवेशमा रोक भनी सूचनामा उल्लेख गरेको थियो । तर अहिले पनि सार्वजनिक सवारीसाधनको स्वचालकले कोचाकोच यात्रा गराइराखेका छन् ।

बाटोघाटोमा हिँड्दा अधिकांश मानिसहरुले मास्क लगाएको देखिँदैन । मास्क नलगाई हिँड्नेलाई ट्राफिक महाशाखाले कारबाही गरेको छैन । कोभिडको संक्रमण बढिरहेको बेला उपत्यकाका विभिन्न कार्यालयहरुमा अत्यन्तै भीड देखिन थोलेको छ ।

सरकारको निर्णय नमान्ने र मास्क नलगाई कोरोना केही होइन भन्दै बाटोमा हिँड्नेलाई कारबाही गर्नुपर्छ । साथै जरिबाना पनि तिर्न लगाउनुपर्छ । नेपाल सरकारअन्तर्गत रहेका ७७ वटै सिडियोले गुह मन्त्रालयले गरेको स्वास्थ्य मापदण्ड पालना भएको छ कि छैन भनेर

अनुगमन गर्नुपदैन ?

हरेक जिल्लाको सिडियोले आफ्नो जिल्लामा सरकारको निर्णय कार्यान्वयन गर्नुपर्ने हो । यति बेला काठमाडौंका सडकहरुमा कुनै ठूलै चाडपर्व आएझैँ बाक्लो चहलपहल देखिन्छ । जिल्ला प्रशासन कार्यालयले आगामी भदौ ८ गतेसम्म निषेधाज्ञा जारी गरेको छ । तर सडकमा मानिस र सवारीको चाप हेर्दा निषेधाज्ञा जारी नै छ र ? भन्ने अवस्था आएको छ ।

सरकारले ८ बजेपछि सार्वजनिक यातायात सञ्चालनमा रोक लगाएको छ । साँझ ७ बजेपछि पसलहरु सञ्चालन गर्न पाइँदैन । सरकारको शैलीमा भन्ने हो भने राति ८ बजेपछि निषेधाज्ञा । उपत्यकाका मुख्य सडकहरुमा दिउँसो मानिसहरुको भीड छिचोल्न हम्मेहम्मे पर्छ । न्युरोड, सुन्धारा, रत्नपार्कजस्ता व्यापारिक केन्द्रहरुमा खुट्टा टेक्ने ठाउँ हुँदैन । यस्तो अवस्था देख्दादेख्दै पनि यी तीन जिल्लाका

सिडियोहरु किन मौन छन् त ?

सिडियोहरुले कोरोना नियन्त्रणमा ल्याउन कुनै ठोस कदम नउठाउने हो भने कोरोनाको कारण नेपालमा लाखौंले ज्यान गुमाउँछन् । उपत्यकाका यी तीन जिल्लाका सिडियोहरु कामचाहिँ केही गर्दैनन् । कुर्सी ढाकेर, जनताले तिरेको करबाट तलबभत्ता खाएर, सरकारी गाडी चढेर हिँडेका छन् । जनताप्रति आफ्नो दायित्वबाट पन्छिएर व्यापारीहरुको कामचाहिँ आत्मसात् गरिरहेका सिडियोबाट जनताले केही आश राख्न सक्दैनन् ।

सरकारले दुईचोटि लकडाउन ग¥यो । सरकारी कर्मचारीले काम नै नगरीकन तलब खाइरहे । सरकारी कर्मचारीहरुले पेटभरि खाए तर सर्वसाधारणहरु भोकभोकै हिँड्न बाध्य भए । तैपनि सर्वसाधारणले लकडाउनको पालना गरेका थिए । कोरोना संक्रमण नियन्त्रण नभईकन सरकारले निषेधाज्ञा खोल्यो । यहाँ पनि सिडियोहरुले व्यापारीकै हितमा रहेर काम गरेको देखियो ।

लगभग ११ हजारभन्दा बढीको कोरोनाबाट मुत्यु भइसक्यो । कोरोना संक्रमणको लागि सरकारले बनाएको नियम पनि त्यति प्रभावकारी देखिएन । कोरोना नियन्त्रण गर्नको लागि सरकारले तत्कालै लकडाउन गर्न जरुरी देखिन्छ । सरकारले नीति नियम बनाएर कार्यान्वयनमा ल्याउन नसक्दा यसको प्रतिफल जनताले भोग्नुपर्ने हुन्छ । सरकारले नै कोरोना फैलाएर जनता मार्ने काम गर्दै छ । आफ्नो कामको पछि मात्र नेताहरु दौडने, जनताको बारेमा नसोच्ने राजनीतिक दलहरु सत्तामा बस्दा यसको क्षतिपूर्तिचाहिँ नेपाली जनताले भोग्नुपर्ने भएको छ ।

विदेश जानको लागि खोप लगाएको प्रमाण अर्थात् क्युआर कार्ड लिनेको भीड शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उत्तिकै देखियो । खोप लगाउन मात्र होइन, राहदानी पाउन पनि लाइनमा सर्वसाधारणहरु उत्तिकै पिल्सिन बाध्य भएका छन् ।

खोप प्रमाणीकरण मात्र नभई, राहदानी लिनको लागि पनि सर्वसाधारणहरुले निकै सास्ती खेप्नुपरेको छ । खोप प्रमाणीकरणको कार्ड लिनको लागि दैनिक हजारौंको भीड लाग्ने गरेको छ । अव्यवस्थित खोप प्रमाणीकरणको कारणले कोरोना फैलिने डर निकै बढेको छ । खोप प्रमाणीकरण गर्न आउने सर्वसाधारणहरुको मुखमा मास्क छैन, भौतिक दूरीको पालना भएको छैन ।

– अज्ञात, काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्