चेम्बरको सुनचाँदी रत्न आभूषण समिति गठन



काठमाडौं, (नेस) । 

नेपाल चेम्बर अफ कमर्सले कार्यसमिति सदस्य रमेश महर्जनको नेतृत्वमा गठित सुनचाँदी रत्न आभूषण खानी तथा भूगर्भ समितिका पदाधिकारी तथा सदस्यलाई मनोनयन पत्र प्रदान गरेको छ । उतm समितिको उपसभापतिमा दियेशरत्न शाक्य र सुमनमान ताम्राकार तथा सदस्यहरुमा केशर सेन्चुरी, विशन शाक्य, विद्यासागर ताम्राकार, किशोर पाण्डे, सूर्य कुमार बराल, अर्जुन विश्वकर्मा मनोनित हुनु भएको छ ।

पदाधिकारी तथा सदस्यहरुलाई चेम्बर अध्यक्ष राजेन्द्र मल्लले सुनचाँदी रत्न आभूषण खानी तथा भूगर्भ क्षेत्रमा लामो अनुभव हासिल गर्नु भएका महानुभावहरुको प्रतिनिधित्व भएकाले चेम्बरको सुनचांँदी रत्न आभूषण खानी तथा भूगर्भ क्षेत्रको प्रवद्र्धनको लागि तय गरिने नीति तथा पैरवीको लागि उल्लेखनीय भूमिका निर्वाह गर्नु हुने अपेक्षा राख्दै कार्यकालको सफलताको कामना गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस्