मकवानपुरमा ८१ किलो गाँजासहित ट्रक र चालक पक्राउ



हेटौंडा, (नेस) । मकवानपुरमा प्रहरीले बुधबार विहानै ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । विहान करिब पौने ३ बजे गाँजा बरामद गरिएको हो ।

इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले पश्चिम मकवानपुरको मनहरी गापा वडा–८, सिमपानीस्थित पूर्वपश्चिम लोकमार्ग सडकखण्डमा ट्रकबाट गाँजा बरामद गरेको छ ।

शंकास्पद्रुपमा रोकिराखेको ना. ८ ख ८२८४ नंम्बर ट्रक चेक गर्दा ट्रकको पछाडि ढालामा लुकाइराखेको लागुऔषध गाँजा ८१ किलो ३५० ग्राम फेला परेको थियो । ट्रकचालक मकवानपुरको राक्सिराङ गापा वडा–४ बस्ने वर्ष ४२ का बाबुराम नेगीलाई गाँजा र ट्रकसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्