युट्युबमा द आर्टिस्ट



द आर्टिस्ट नामक फिल्म युट्युबमा आएको छ। टिकाध्वज थापा रमेशले निमार्ण तथा जीवन शाहीद्वारा निर्देशित द आर्टिस्ट साइराम पिक्चर्स युट्युब च्यानलबाट युट्युबमा आएको हो।

यसअघि, यो फिल्म नेटटिभीमा आइरहेको थियो। फिल्ममा सुनील गुरुङ, अप्सना थापा, अस्मिता बस्नेत, नरेश कुमार, तिर्सना बुढाथोकी, सिर्जना थापा, खुश्बु पौडेल, केदार बस्नेत, रमेश थापा, राजु भट्ट, सन्तोष दाहाल, निर्मल विष्ट, उषा खनाल, धीरेन्द्र श्रेष्ठलगायतका कलाकारले अभिनय गरेका छन्।

हरि न्यौपानेको छायांकन रहेकोे फिल्ममा वीरेन्द्र भाटको सम्पादन र अर्जुन पोख्रेलको संगीत तथा कलर छ। फिल्ममा कलाकार बन्ने सपना राखेर फिल्म क्षेत्रमा आउनेहरूको कथा समेटिएको छ।

 

प्रतिक्रिया दिनुहोस्