बुढासुब्बामा हेल्लो ब्रो



सलोन-सलिना फिल्मस्को ब्यानरमा हेल्लो ब्रो नामक सिरिज निर्माण गरिएको छ।लेखक तथा निर्देशक सुरेश न्यौपानेको निर्देशनमा तयार पारिएको सिरिजमा युवाहरूको कथा छ।

सिरिजमा प्रभात पल ठकुरी, सुमिन गुरुङ, अलिस्था सुवेदी, मनीषा ओझा तथा सन्तोष गिरीले अभिनय गरेका छन्।नायक सलोन बस्नेत कार्यकारी निर्माता रहेको सिरिजमा रामजी राउत एपिसोड निर्देशक रहेका छन् भने सुरेश न्यौपानेको कथा, केदार भुसाल र सुमन गुरुङ गजमेरको लेखन, प्रशान्त शिवाकोटीको संगीत तथा शंकर भुजेल र ज्ञानकुमार कट्टेलको छायांकन रहेको छ।

सिरिजमा वन्दे प्रसादको सम्पादन, समीर मियाको भीएफएक्स र कलर तथा शिशिर खातीको कोरियोग्राफी रहेको छ। सिरिज भोलि बिहीबारदेखि हरेक बिहीबार राति ७ बजे बुढासुब्बाको बीएम टिभीबाट प्रसारण हुनेछ। हालै सार्वजनिक सिरिजको ट्रेलर मन पराइएको छ।

 

प्रतिक्रिया दिनुहोस्