फ्रान्सको खोप वितरण केन्द्रहरूमा आक्रमण



पेरिस, (एजेन्सी) ।

सरकारले लागू गरेको कोरोना भाइरससम्बन्धी कडा नीति नियमको विरोध गर्ने क्रममा फ्रान्समा प्रदर्शनकारीहरूले दुईवटा खोप वितरण केन्द्रमा तोडफोड तथा हुलदंगा गरेका छन् ।

दक्षिण–पूर्वी फ्रान्सको एक केन्द्रमा शुक्रबार राति भएको घटनामा ती आक्रोशित जनताले आगजनीसमेत गरेको प्रहरीले जनाएको छ । त्यसको भोलिपल्टै दक्षिण पश्चिमी भागमा रहेको अर्को खोप वितरण गर्ने क्लिनिकमा पनि आगजनी सहितका आक्रमण भएको छ ।कोभिड–१९ सम्बन्धमा लागू गरिएका नियमहरूप्रति असन्तुष्टि जनाएर गत सप्ताहान्तदेखि प्रदर्शन शुरू गरेका हुन् । बढ्दो कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि लागू गरिएका नियमविरुद्ध शनिबार फ्रान्सभरि आयोजित सडक प्रदर्शनमा एक लाखभन्दा बढी मानिसको सहभागिता रहेको थियो ।

तिनीहरूले राष्ट्रपति इमान्युयल म्याक्रोंको सरकारले आफूहरूको स्वतन्त्रता हनन गरेको आरोप लगाएका छन् । दक्षिण–पूर्वी शहर ग्रेनोबल नजिकको लान्स एन भर्कोसमा खोपविरुद्ध भित्ता लेखनसमेत भएको छ ।यसैगरी, राजधानी पेरिसमा आयोजित एक विरोध -यालीमा ‘मार्टिने वोन्नर’ नामक राजनीतिज्ञले सरकारको कोभिड नीतिको समर्थन गर्ने विधायकहरूका कार्यालय कब्जा गर्न प्रदर्शनकारीहरूलाई आह्वान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्