दक्षिण कोरियाली भाषा नक्कल नगर्न उत्तर कोरियाको चेतावनी



सोल, (एजेन्सी) । 

उत्तर कोरियाको सरकारी सञ्चार माध्यमले आफ्नो मुलुकका युवा जगतलाई दक्षिण कोरियाबाट आयातित स्थानीय ठेट शब्दहरू प्रयोग नगर्न आह्वान गरेको छ । साथै, तिनीहरूलाई उत्तर कोरियाको स्तरीय भाषा बोल्न आग्रह पनि गरिएको छ ।

यसैगरी, उत्तर कोरियाको आधिकारिक अखबारले दक्षिण कोरियाको फेसन, हेयर स्टाइल र संगीत लगायतका चिजको पटक्कै नक्कल नगर्न पछिल्लो चेतावनीसमेत दिएको छ ।कुनै पनि बाह्य प्रभाव अनुशरण गर्नेमाथि जो कोहीमाथि कडा कारबाही गर्न बनाइएको नयाँ कानुनअनुसार अखबारले यो कदम चालेको हो । यो कानुन उल्लंघन गर्नेलाई कारावासदेखि मृत्युदण्डसमेत हुने प्रावधान रहेको बुझिएको छ । रोदेङ सिन्मुन अखबारले युवाहरूलाई दक्षिण कोरियाली पप संस्कृति खतरनाक भएको पनि चेतावनी दिएको छ ।

सो अखबारमा छापिएको एउटा लेखमा भनिएको छ– ‘बुर्जुवाको रंनिन साइनबोर्ड अन्तर्गत सैद्धान्तिक र सांस्कृतिक घुसपैठ हुनु भनेको बन्दुक बोकेका शत्रुहरूभन्दा बढी खतरनाक हुन्छन् ।विदेशी प्रभावलाई उत्तर कोरियाको कम्युनिस्ट शासन प्रणाली र सर्वोच्च नेता किम जोङ उनको सत्ताका लागि खतरनाक मानिएको छ ।

प्रतिक्रिया दिनुहोस्