पूर्वमन्त्री प्रेम आलेले गरे फ्लोर क्रस



न्युज अफ नेपाल, काठमाडौं ।

एमाले अध्यक्ष केपी शर्मा ओली समूह निकट रहेका तथा ओलीको क्याविनेटमा वनमन्त्री समेत भइसकेका प्रेम आलेले फ्लोर क्रस गरेका छन् । उनीसँगै ओली समूहकै अन्य तीन सांसदले समेत फ्लोर क्रस गरेका छन् ।

उनीहरुले एमालेको ह्वीप उल्लंघन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका हुन् । फ्लोर क्रस गर्ने सांसदहरुमध्ये ओली पक्षका ४ सांसद धनबहादुर बुढा, गोपाल बम, किसन श्रेष्ठ र प्रेम आले रहेका छन् । यसअघि मन्त्री रहँदा आले आफ्ना विभिन्न अभिव्यक्तिका कारण चर्चामा रहने गरेका थिए

प्रतिक्रिया दिनुहोस्