डिकाकले धोनीको कीर्तिमान तोडे



लन्डन, (एजेन्सी)  ।

दक्षिण अफ्रिकाका ओपनर ब्याट्सम्यान क्विन्टन डिकाकले भारतीय पूर्व कप्तान महेन्द्रसिंह धोनीको कीर्तिमान तोडेका छन् । डिकाकले आयरल्यान्डविरुद्धको तेस्रो वानडे खेलमा एक सय २२ रनको शतकीय इनिङ खेल्दै धोनीको कीर्तिमान ध्वस्त पारे । उनले अन्तर्राष्ट्रिय क्रिकेटमा १० हजार रन पूरा गरेका हुन् । विकेटकीपरको रूपमा सबैभन्दा कम उमेरमा १० हजार रन पूरा गरेपछि धोनी पछि परेका हुन् ।

धोनीले विकेटकिपरको रूपमा ३० वर्ष ९९ दिनमा १० हजार रन बनाएका थिए । जुन कीर्तिमान २८ वर्ष २ सय ११ दिनमा १० हजार रन पूरा गर्दै डिकाकले पछि पारे । डिकाकले १० हजार रन २ सय ५९ इनिङमा बनाए । धोनीले २ सय ९३ इनिङमा १० हजार रन बनाएका थिए । यस्तै अस्टे«लियाका पूर्व विकेटकिपर एडम गिलक्रिस्टले यति रन बनाउन २ सय ७२ इनिङ खेलेका थिए ।दक्षिण अफ्रिकाले आयरल्यान्डलाई ७० रनले हराउँदा डिकाक र जानेमन मलानले २ सय २५ रनको दोहोरो शतकीय साझेदारी गरेका थिए । यसको साथै सिरीज १–१ बराबरी भएको छ । दक्षिण अफ्रिकाले पहिले ब्याटिङ गर्दै ४ विकेटको क्षतिमा ३ सय ४६ रन बनाएको थियो । जवाफमा आयरल्यान्डको पुरै टिम २ सय ७६ रनमा समेटिएको थियो ।

डिकाक वानडेमा सबैभन्दा बढी शतक बनाउने विकेटकिपरको सूचीमा दोस्रो नम्बरमा रहेका छन् । श्रीलंकाका पूर्व विकेटकिपर कुमार सांगकारा २३ शतकका साथ पहिलो स्थानमा छन् । डिकाक उनीभन्दा ६ शतकले पछि रहेका छन् । त्यस्तै अस्टे«लियाका पूर्व विकेटकिपर एडम गिलक्रिस्टले पनि १६ शतक प्रहार गरेका थिए । अन्यमा वेस्टइन्डिजका विकेटकिपर शाइ होपले १० शतक बनाएका छन् भने दक्षिण अफ्रिकाका पूर्व विकेटकिपर एबी डिभिलियर्स र धोनीले पनि १०–१० शतक बनाएका थिए ।दक्षिण अफ्रिकाको तर्फबाट वानडेमा सर्वाधिक शतक लगाउने सूचीमा भने डिकाक पाँचौं स्थानमा रहेका छन् । यो सूचीको पहिलो स्थानमा हासि अमलाले ओगेटका छन् । उनले वानडे करियरमा २७ शतक बनाएका थिए । यस्तै दोस्रो नम्बरमा रहेका एबी डिभिलियर्सले २५, हर्शल गिब्सले २१ र ज्याक कालिसले १७ शतक प्रहार गरेका थिए । यी सबै खेलाडी रिटायर्ड भइसकेको हुनाले डिकाकले उनीहरूलाई पछि पार्न सक्ने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्