प्रधानमन्त्री देउवालाई अमेरिकी राजदूत र्यान्डी बेरीले दिए बधाई



काठमाडौं ।

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई यहाँस्थित संयुक्त राज्य अमेरिकाका राजदूत र्यान्डी बेरीले बधाई दिएका छन् । राजदूत बेरीले मंगलबार ट्वीटमार्फत प्रधानमन्त्री देउवालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन ।

राजदूत बेरीले अमेरिकी मिसन नेपाल सरकारका सबै तहमा करिब ७५ वर्षको मित्रता अगाडि बढाउन उनीसँग मिलेर काम गर्ने आशा गर्दछु भनेका छन् । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवाले मंगलबार प्रधानमन्त्रीको शपथ लिएका हुन ।

प्रतिक्रिया दिनुहोस्