इसेवा मनि ट्रान्स्फर र युकेको सिफ्ट सर्विसबीच रेमिट्यान्स् भुक्तानी सम्झौता



न्युज अफ नेपाल, काठमाडौं ।

इसेवा मनि ट्रान्स्फर र युकेस्थित् सिफ्ट फाइनान्सियल सर्विसबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ। सम्झौतासँगै युके, युरोप, अमेरिका, मध्यपूर्बका ५० भन्दा बढी देशहरूबाट सहजै रेमिट्यान्स् पठाउन सकिन्छ।

विदेशमा रहेका नेपालीहरूले सिफ्ट मार्फत नेपालका कुनै पनि बैंक खातामा तथा इसेवा वालेटमा आफ्नो स्मार्ट फोनबाटै रियल टाइममा कम लागतमा रकम पठाउन सक्नेछन्।

नेपालीहरुले सिफ्ट मार्फत पठाएको रकम इसेवा मनि ट्रान्स्फरका नेपालभर रहेका ८ हजार बढी एजेन्ट नेटवर्कबाट समेत पाउन सकिनेछ। साथै सिधैँ इसेवा वालेटमा समेत रकम लोड गर्न सकिनेछ। सिफ्ट युकेमा अवस्थित् अन्तर्राष्ट्रिय विप्रेषण सेवा प्रदायक कम्पनी हो।

प्रतिक्रिया दिनुहोस्