काठमाडौंमा थप ३४२ जनामा कोरोना संक्रमण पुष्टि



न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा ३४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा ८८ जना र भक्तपुरमा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै आज उपत्यकामा ४६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर थप १६०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने २७ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्