पछिल्लो २४ घण्टामा थप २२९९ जनामा कोरोना संक्रमण पुष्टि, ३४ जनाको मृत्यु



न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा देशभर २२९९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा १० हजार ५९६ जनाको परीक्षण गर्दा पीसीआर परीक्षणबाट १३९१ जनामा र एन्टिजेन विधिबाट ९०८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै आज थप ३४५१ संक्रमणमुक्त भएर घर फर्किएका छन् । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामै थप ३४ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । हालसम्म ९ हजार १७९ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्