राइफलको गोली लागेर सेनाका जवान गम्भीर घाइते



न्युज अफ नेपाल ,काठमाडौं ।

आफैँले बोकेको राइफलको गोली लागेर वीरगञ्जमा नेपाली सेनाका जवान घाइते भएका छन्।आइतबार राति साढे ८ बजे ड्युटीमै रहेका २२ वर्षीय श्यामबाबुप्रसाद चौहान आफैँले बोकेको राइफलको गोली लागेर घाइते भएका हुन् ।

उनको बायाँ चिउँडोको मुनि र दाहिने आँखाको मुनि एन–१६ राइफलको गोली लागेको छ । गम्भीर घाइते उनको नेसनल मेडिकल कलेज वीरगञ्जमा उपचार भइरहेको छ । पोखरिया नगरपालिका वडा नम्बर(५ घर भएका चौहान आफैँले गोली हाने वा राइफल पड्कियो भन्नेबारे खुल्न सकेको छैन । घटनाको अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्