काभ्रेमा सातौ पटक थपियो निषेधाज्ञा

जिल्ला प्रवेशमा कडाई, कार्यालय र पसलहरु खुल्न, बन्द



मोतीराम तिमल्सिना, काभ्रे। 

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले सातौै पटक थप ७ दिनका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । सोमबार दिउसो बस्ने बैठकले उक्त निर्णय गर्ने प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताउनु भयो ।

निषेधाज्ञा थप्ने निर्णय भएको छ । सार्वजनिक यातायात जिल्ला प्रवेशलाई कडाई गरिएको छ ’– प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले भन्नुभयो–‘असार ८ देखि देखि १५ गतेसम्म जारी निषेधाज्ञामा सरकारी कार्यालय तथा अन्य क्षेत्रलाई समय तोकेर सहज बनाईएको छ ।’ सरकारी कार्यालयले भिडभाड नहुने गरी सेवा प्रदान गर्ने छन् भने पसलहरुको समय तोकिनेछ । विषेषगरी भिडभाड हुने क्षेत्रलई विहान ११ बजे देखि साँझ ६ बजेसम्म समयावधी दिईनेछ । तर अधिकांश पसलहरु अब खुल्नेछन् । तर भाडाका बसहरु खुल्नेछैनन । नीजि सवारी साधन जोर विजोर अनुसार चल्नेछन् ।

२०७८ बैशाख १९ गते राति १२ बजे आईतबारबाट शुरु भएको निषेधाज्ञा जिल्लामा सातौ पटक थपिएको हो । पहिलो पटक ७ दिनका लागि बैशाख २५ गते रातिसम्म जारी भएको थियो । दोश्रो पटक बैशाख २५ गते राति देखि जेठ २ गतेसम्म, तेश्रो पटक जेठ ३ गते देखि राति १२ बजेसम्म, चौथोपटक जेठ १३ देखि २२ गतेसम्म र पाँचौ पटक जेठ २३ गते देखि ३१ गतेसम्म निषेधाज्ञा जारी गरेको थियो । छैटौ पटक असार १ गते देखि ७ गतेसम्म थपिएको थियो । त्यो अवधीमा केहि क्षेत्रलाई सहज बनाईएको थियो । बैक तथा वित्तिय संस्थाहरु पनि अब नियमित खुल्नेछन् ।

सिमित क्षेत्र र स्थानको निषेधाज्ञालाई फराकिलो बनाउँदै सक्रमण नियन्त्रणको प्रयास गरिएको छ’– प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले भन्नुभयो– ‘संक्रमित विरामीहरुको संख्यामा कमि हुँदै गएको छ । उपत्यकामा समेत निषेधाज्ञा जारी रहेकाले निषेधाज्ञाको अवधी बढाउने निर्णय गरेका हौं ।’ संक्रमण रोक्न भईरहेका प्रयासहरुका कारण संक्रमण घट्दै गएको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्