काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय, निजी सवारीमा जोर विजोर प्रणाली



न्युज अफ नेपाल, काठमाडौं ।

काठमाडौं उपत्यकामा थप १ हप्ता निषेधाज्ञा लम्ब्याउने निर्णय भएको छ । आइतबार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको आइतबार बसेको बैठकले असार १३ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । निषेधाज्ञा अवधि थपिए पनि केही खुकुलो पारिएको छ ।

अब निजी सवारी साधन जोर विजोर प्रणालीमा चलाउन पाइनेछ भने बार अनुसार पसल सञ्चालन गर्न पाइने भएको छ । यस्तै असार ७ गतेदेखि निषेधाज्ञाको समयमा ट्याक्सी पनि जोर विजोर प्रणालीमा चल्न पाउनेछ । तर अरु सार्वजनिक सवारी साधन भने चलाउन पाइने छैन ।

प्रतिक्रिया दिनुहोस्