२४ घण्टामा थप ५१ संक्रमितको मृत्यु, २४४२ जनामा संक्रमण



न्युज अफ नेपाल, काठमाडौँ ।

पछिल्लो २४ घण्टामा देशभर थप २४४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यस्तै सोही अवधिमा ५१ जना संक्रमितको मृत्यु भएको छ भने ३४५६ जना संक्रमणमुक्त भएका छन् ।

६६७७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १४२१ र ४२४९ एन्टिजेन परीक्षणमा १०२१ जना गरी २४४२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्