प्रहरीकाे‍ छापापछि अखबार बिक्री ह्वात्तै बढ्यो



हङकङ, (एजेन्सी)

हङकङका बासिन्दा शनिबार प्रजातन्त्र हिमायती दैनिक अखवार एप्पल डेली किन्न झुम्मिएका छन् । अघिल्लो दिनमात्र सो अखवारको समाचार कक्षमा प्रहरीले छापा मारेको थियो । सो अखवारको पहिलो पृष्ठमा प्रहरी तथा प्रशासनबाट भएको अनावश्यक हस्तक्षेपको विरोधमा ठूलो अक्षरमा ‘हामीले दवाव दिइरहनै पर्छ ’ भन्ने सन्देश छापिएको छ ।

अरुबेला दैनिक करिव ८० हजार प्रति छापिने एप्पल डेलीको अत्यधिक मागको कारण शनिवार ५ लाख प्रति छापिएको छ । न्युज स्ट्यान्डहरुमा सम्पूर्ण अखवार हाताहातै बिक्रि भएको बताइएको छ । हङकङको विवादास्पद नयाँ राष्ट्रिय सुरक्षा कानुन अन्तर्गत एप्पल डेलीका दुईजना कार्यकारिणी अधिकारीलाई प्रहरीले गिरफतार गरेपछि यसको कार्यालयमा छापा मारिएको हो ।

अहिले सम्म पक्राउ पर्ने अखवारका कूल कार्यकारिणी अधिकारीके संखया पााच पुगेको बताइएको छ । प्रधान समपादक -यान ल र प्रमुख कार्यकारिणी अधिकारी छेयुङ किम हङविरुद्ध मुद्धा दायर भइसकेको छ । प्रहरीले प्रमुख प्रवन्ध अधिकारी चो तात–कुयन, वरिष्ठ उप सम्पादक छान पुइ मान र प्रमुख कार्यकारिणी सम्पादक छेयुंग छि वाइ माथि थप अनुसनधान भइरहेको बताएका छन् । गत वर्ष चीनले आफ्नो विशेष प्रशासकिय क्षेत्र हंगकंगमा सो कानुन लागु गरेयता अर्वपति लाइ लगायत दर्जनौं प्रभाबशाली अभियन्तालाई पक्राउ गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्