मिल्खा सिंहको निधन



एजेन्सी ।

‘फ्लाईङ्ग सिख’ बाट विश्व चर्चित भारतका लेजेन्ड धावक मिल्खा सिंहको निधन भएको छ ।

सिंहको ९१ वर्षको उमेरमा शुक्रबार राति चन्डीगढस्थित अस्पतालमा निधन भएको जनाइएको हो । शुक्रबार सिंहको स्वास्थ्यमा समस्या भएपछि चन्डीगढस्थित अस्पतालको आईसियुमा भर्ना गरिएको थियो । यसअघि गत मे को अन्तिम साता उनलाई कोरोना संक्रमण भएपछि अस्पतालको आईसियुमा भर्ना गरिएको थियो । जहाँ उनले कोरोना पनि जितेका थिए ।

तर, कोरोनाको रिपोर्ट नेगेटिभ आएपनि स्वास्थ्यमा समस्या जारी नै रहेपछि उनलाई अस्पतालमा नै राखिएको थियो । थुप्रै अन्तराष्ट्रिय प्रतियोगिताहरुमा भारतलाई पदक दिलाएका उनको जीवनीमा आधारित फिल्म समेत बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्