भारतमा अक्टोबरसम्ममा कोरोनाको तेस्रो लहर आउने चेतावनी



एजेन्सी ।  

कोरोना संक्रमणको पहिलो र दोस्रो लहरले आक्रान्त बनेको भारतमा तेस्रो लहर समेत आउने चेतावनी दिइएको छ । स्वास्थ्य विज्ञका अनुसार भारतमा आउँदो अक्टोबरसम्ममा कोरोना भाइरसको तेस्रो लहर आउन सक्ने आशंका गरिएको छ ।

तेस्रो लहरको संक्रमणमा बालबालिका बढी जोखिममा हुने अनुसन्धानले देखाएको छ । तर, हाल कोरोना विरुद्धको खोप केही मात्रामा प्रभावकारी देखिएका कारण संक्रमणमा कमि आउन सक्ने आँकलन गरिएको छ । भारत सरकारका अनुसार तेस्रो लहरले बालबालिकालाई हुन सक्ने जोखिम रोक्ने तयारी भइरहेको जानकारी गराइएको छ । यस्तै, कोरोनाका कारण भारतमा हालसम्म ३ लाख ८५ हजार १६७ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्