देशभर थप २७६८ जनामा कोरोना संक्रमण, ४४ संक्रमितको मृत्यु



न्युज अफ नेपाल, काठमाडौँ ।

पछिल्लो २४ घण्टामा देशभर थप २७६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, सोही अवधिमा थप ४४ संक्रमितको मृत्यु भएको छ भने ४०२० जना संक्रमणमुक्त भएका छन् ।

७५६९ जनामा भएको पीसीआर परीक्षणमा १९६३ र ५४६८ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८०५ गरी २,७६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्