मेलम्चीका बाढीपीडितलाई मल्हम लगाउँदै कलाकारहरु

काठमाडौंको प्यास मेटाएर आँशुमा डुबेको मेलम्चीको दुःख हेर्न सकिन्छ र?



रश्मी थापा

सिन्धुपाल्चोकको मेलम्चीस्थित इन्द्रावती नदीमा मंगलबार आएको बाढी पहिरोका कारण घरबारविहीन भएर बिचल्लीमा परेका मेलम्ची बजारका स्थानीयबासीको सहयोगका लागि कलाकारहरु जुटेका छन्।

फिल्म निर्माता तथा निर्देशक मिलन चाम्स, अभिनेत्री आँचल शर्मा र उनका पति उदीप श्रेष्ठ बिहीबार ५० परिवारको लागि राहत लिएर मेलम्ची बजार पुगेका छन्। उनीहरुले मेलम्ची पुगेर बाढीपहिरो पीडितलाई सहयोग उपलब्ध गराएका छन्। त्यस्तै, अभिनेत्री तथा निर्मात्री श्वेता खड्का सिन्धुपाल्चोकको मेलम्चीका बाढीपीडितका लागि दैनिक खाद्य सामग्रीका साथ सहयोग लिएर आज शुक्रबार मेलम्ची जाँदैछिन्। मेलम्चीमा आएको बाढीका कारण कयौं मानिसको बिचल्ली भएसँगै श्वेताले ञसिन्धुको समस्या हाम्रो साथु भन्ने अभियानका साथ फेसबुकमार्फत सहयोग अभियानमा सहभागी हुन अनुरोधसमेत गरेकी छिन्।

काठमाडौंलाई पानीको प्यास मेटाएर आफू भने आँशुको भेलमा डुबिरहेको मेलम्चीको दुःख र पीडालाई टुलुटुलु हेरेर कहाँ बस्न सकिन्छ र? मेलम्चीको यो दर्दनाक अवस्थामा साथ र सहयोगको हात बढाउनु अहिलेको आवश्यकता हो। यही आवश्यकतालाई महसुस गरी तत्काल राहत र उद्धारको व्यवस्थापनमा आफ्नो पाइला अघि सारेकी छुु श्वेताको भनाइ छ।उनको यस अभिनयमा केही व्यक्ति तथा संस्थाले पनि हातेमालो गर्दै समाजसेवी ईशा गुरुध्रको पहलमा हाम्रो टिम नेपालले ५० थान सिरक र डस्नालगायतका अन्य राहत सामग्री उपलब्ध गराएर सहयोग गरेको छ। त्यस्तै, समाजसेवी रमेश कुमार सापकोटाले २५ हजार रुपियाँ र हिमालय एयरलायन्सका विजय श्रेष्ठले १० हजार रुपियाँ सहयोग गरेका छन्।

श्वेता आफू र अन्य व्यक्तिबाट आएको सहयोगले दैनिक खाद्य सामाग्री खरिद गरेर पीडितका लागि वितरण गर्न मेलम्ची जान लागेकी छिन्। त्यस्तै, दुवानी महासंघका केन्द्रीय महासचिव अरुण कुमार श्रेष्ठले दर्शन मनीका टझान्सपोर्टको गाडी उपलब्ध गराई राहत सामग्री दुवानीमा सहयोग गरेका छन्। मेरो योजनामा सहयात्रीको भूमिका निर्वाह गर्नुभएको छ। शुक्रबार सहयोग गर्न मेलम्चीको लागी प्रस्थान गर्ने हाम्रो योजनामा सहयात्री बन्नुहुने सबैलाई धन्यवादु श्वेता भन्छिन्। श्वेताले हेलम्बु गाउँपालिकाका सय परिवारलाई सहयोग वितरण गर्न लागेकी हुन्। जसमा चामल लगायतका खाद्यान्नका साथमा ब्ल्यांकेट, ओढ्ने सललगायत रहने छन्। श्वेताका अनुसार यसका लागि फरेनहाइट क्लबका मिलानो श्रेष्ठले २२ बोरा चामल सहयोग गरेका छन्। अहिलेलाई सय परिवारलाई सहयोग गरे पनि पछि अन्य परिवारलाई समेत सहयोग गर्ने उनले बताइन् ।

त्यस्तै, अभिनेत्री पूजा शर्मा पनि सहयोग लिएर आज शुक्रबार गृह जिल्ला सिन्धुपाल्चोक प्रस्थान गर्दै छिन्। उनले सिन्धुपाल्चोकको विपत्तिमा दुःख व्यक्त गर्दै फेसबुकमा एक स्ट्याटस लेखेर मेलम्ची बाढीपीडितहरुलाई सहयोग गर्न अनुरोध गरेकी छिन्। ञसुख आफूलाई हुँदैमा खुसी नहुँदो रैछ यो मन। जब हुन्छ दुःख अरुलाई, साह्रै रुन्छ यो मन। म यता समय बिताउँछू,कहिले कुन चोक त कहिले कुन चोक। जता बसे पनि,जे गरे पनि साह्रै याद आउँछ मेरो प्यारो सिन्धुपाल्चोक, मेरो प्यारो सिन्धुपाल्चोक। पूजाले सिन्धुपाल्चोकको विकराल अवस्थाप्रति भावुक हुँदै फेसबुकमा लेखेकी छिन् जहिले जे जस्तो प्राकृतिक प्रकोप नेपालमा आउँदा पनि किन पहिला सिन्धुपाल्चोकमा नै दुःख पर्छ? आज फेरि सारा सिन्धुपाल्चोकवासी अत्यन्तै दुःखमा छन्। धेरैको बिजोग अवस्था छ, म एक्लै केही गर्न नसक्ने अवस्था भए पनि मलगायत मेरा साथीहरु हाम्रो क्षमताले भ्याएसम्म केही सामान लिएर आउँदैछौं। पर्ख, मेरो मुटु सिन्धुपाल्चोक, हामी आउँदैछौं।

प्रतिक्रिया दिनुहोस्