काठमाडौंमा थप ४५५ जनामा कोरोना संक्रमण पुष्टि, ७,७८३ सक्रिय संक्रमित



न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा मात्र ४५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा ७४ र भक्तपुरमा १६ जनामा सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । काठमाडौंमा हाल सात हजार ७८३, ललितपुरमा तीन हजार २०३ र भक्तपुरमा दुई हजार ३१७ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

त्यस्तै आज देशभर थप २८२८ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ भने ५२ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्